चार सम्पादकलाई साहित्यिक पत्रकार संघको पुरस्कार

काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापना भएको ५० वर्षका अवसरमा संघद्वारा यति बेला स्वर्ण महोत्सव मनाइने भएको छ । यही महोत्सवका अवसरमा संघले पत्रपत्रिका तथा पुस्तक सम्पादनमा योगदान पु¥याएका दुई जना सम्पादकलाई सम्मानित र पत्रपत्रिका तथा पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गर्ने भएको छ ।
यसै साता काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मानित र पुरस्कृत गर्ने निर्णय आपूmहरूले गरेको संघका अध्यक्ष राधेश्याम लेकालीले बताएका छन् ।
लेकालीका अनुसार ११ हजार १ सय रुपैयाँ राशीण्सहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’बाट कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक तथा विभिन्न पुस्तकका सम्पादक पारश प्रकाश नेपाललाई पुरस्कृत गरिने भएको छ । यस्तै, ५ हजार ५ सय रुपैयाँ राशीको ‘सापस स्वर्ण महोत्सव सम्पादन प्रतिभा पुरस्कार–२०७९’बाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी रोयल आचार्यलाई पुरस्कृत गरिने भएको छ ।
यस्तै, सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’बाट अग्रज पुस्तक सम्पादक डा. लक्ष्मणप्रसाद गौतमलाई सम्मानित गरिने भएको छ । सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव सम्पादन सम्मान–२०७९’बाट शारदा मासिकका सम्पादक विमल भौकाजीलाई सम्मानित गर्ने निर्णय भएको पनि अध्यक्ष लेकालीले बताएका छन् ।