डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार हिरण्य कुमारी पाठकलाई

काठमाडौ । डम्बर कुमारी गणेश कोइराला प्रतिष्ठानले नवौ संस्करणको डम्बर कुमारी गणेश कोइराला आख्यान पुरस्कार आख्यानकार हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय गरेको छ ।
माया ठकुरी,श्रीओम श्रेष्ठ रोदन,विष्णु विभु घिमिरे,तुलसीहरी कोइराला र मन्दिरा मधुश्री सहितको पुरस्कार निर्णायक समितिले उक्त निर्णय गरेको हो ।