अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ गीतकार उपाध्यायले पाए

 

गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ प्राप्त गरेका छन् । उनलाई सो पुरस्कार ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा.जशवीर सिंहले प्रदान गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कार मानिन्छ । डा.उपाध्याय स्वास्थ्य समस्याको कारण पुरस्कार समारोहमा सहभागी हुन नपाएकोले अहिले ग्लोब इगलका सिंहमार्फत पुरस्कार लिएका हुन् । एक तस्बिर सार्वजनिक गर्दै गीतकार उपाध्यायले समाजिक सञ्जालमार्फत पुरस्कारको जानकारी दिएका हुन् ।

गीतसंगीत तथा विविध विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायले पुरस्कारले थप हौसला मिलेको बताए । डा.उपाध्यायका सयौँ गीत र दर्जनौ पुस्तक बाहिर आएका छन् ।