भीमदर्शन रोका आदर्श गुरु सम्मान प्राध्यापक गोपीकृष्ण शर्मालाई

भीमदर्शन रोका स्मृति कोषको कार्यसमितिले भीमदर्शन रोका आदर्श गुरु सम्मानको घोषणा गरेको छ । शिक्षाका क्षेत्रमा दीर्घ सेवा गर्नुभएका आदर्श गुरु एवम् साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई यो वर्षको भीमदर्शन रोका आदर्श गुरु सम्मान रु पचास हजार सहित समर्पण गर्ने निर्णय गरेको छ ।
श्री गोपीकृष्ण शर्मा त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापकका रूपमा कार्यरत रहनुका साथै पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन तथा भाषासाहित्यको उन्नयनमा समर्पित निष्ठावान् व्यक्तित्व हुनुहुन्छ ।
यसै गरी बैठकले नेपाली समाजमा नैतिक चेतना विस्तार गरी संस्कारयुक्त समाज निर्माण गर्ने उद्देश्यले स्थापित गायत्री चेतना केन्द्र नेपाललाई रु.पचास हजार सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
भीमदर्शन रोका स्मृति कोषका सचिव यादव भट्टराईका अनुसार आगामी २०७९ पुस २३ गते शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान र सहयोग समर्पण गरिने छ ।

 

Comments are closed.