Trending Now

निशा घिमिरे स्मृति पुरस्कार र सम्मान आचार्य र उप्रेतीलाई

काठमाडौं,
भदौ २० ।

निशा घिमिरे स्मृति पुरस्कार र सम्मान प्रदान गरिएको छ । सोमबार निशा घिमिरे स्मृतिकोषले दिवंगत मोडल तथा अभिनेत्री निशा घिमिरेको नाममा स्थापित ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री कोरियोग्राफर तथा मोडल पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गरेको हो । पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

निशा घिमिरे स्मृति कोषका संयोजक दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई निशा घिमिरेको उपचारार्थ सहयोग र व्यवस्थापन गर्नु भएकोले सम्मान गरिएको थियो ।

कोषका सदस्य सचिव मोहन निरौलाले स्वागत भाषण गर्नुभएको कार्यक्रममा विशिष्ट अभिनेत्री तथा प्रथम नायिका भुवन चन्द, विशिष्ट अभिनेत्री मिथिला शर्मा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ट चलचित्रकर्मी लय संग्रौला, सञ्चारकर्मी शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ अतिथिको रुपमा हुनुहुन्थ्यो ।

कलाकार, सञ्चारकर्मी र समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा हालै दिवंगत हुनुभएका ड्रेस डिजाइनर उद्धव भट्टराईको संझनामा एक मिनेट मौन धारण गरिएको थियो भने कोषका सदस्य सचिव निरौलाले भट्टराईको परिवारलाई कोषवाट १० हजार सहयोग प्रदान गरिने घोषणा गर्नुभएको थियो ।

Comments are closed.