Trending Now

लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार लम्सालको अग्निलाई

लालबन्दी, कवि तथा गीतकार नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९’ प्राप्त गरेको छ ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. लम्सालकृत ’अग्नि’ महाकाव्यलाई पुरस्कारका लागि छनोट गरिएको थियो ।
शनिबार लालबन्दी नगर वाङ्मय परिषद्द्वारा पुरस्कार समर्पण तथा पुस्तक विमोचन कार्यक्रम गरी डा. लम्साललाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको लालबन्दी नगर वाङ्मय परिषद्का सचिव सुमन घिमिरे अग्रिमले जानकारी दिए ।
पुरस्कारका लागि अग्निलाई योग्य ठानेर पुरस्कृत गरेको भन्दै लम्सालले परिषद्लाई धन्यवाद दिए । त्यस्तै उनले आफूले सन्तुष्टिका लागि लेखेको भए पनि आफ्ना अनुभव र भोगाइले पुरस्कार पाउँदा खुसी लागेको बताए ।
त्यसैगरी परिषद्ले स्थानीय प्रतिभा पुरस्कारबाट सञ्चारकर्मी तथा सर्जक क्षितिज विश्वकर्मालाई सम्मानित गरेको छ । पत्रकारिताबाट साहित्यमा दिएको योगदानको कदर गर्दै उनलाई नगद रु. १० हजारसहित सम्मान पत्रबाट लालबन्दी नगर वाङ्मय परिषदले सम्मान गरेको हो ।

 

 

Comments are closed.