Trending Now

“बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कार “लाजको आग्लो”मुक्तक संग्रहलाई

काठमाडौ  । नारी दिवशकाे अवसरमा मिति: २०७९ फागुन २४ गते नारी स्रष्टा समाजले मुक्तककार प्रकाश घायलको “लाजको आग्लो”मुक्तक संग्रहलाई “बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कर”ले पुरस्कृत गरेको छ।

सोही अवसरमा वरिष्ठ साहित्यकार  गंगा कर्माचार्य पौडेल तथा साहित्यकार यमुना पराजुलीलाई नारी स्रष्टा सम्मान द्वारा सम्मानित गरेको हो ।

सम्मानित स्रष्टाहरू क्रमशः गंगा कर्माचार्य पौडेल ,प्रकाश घायल र यमुना पराजुलीको संक्षिप्त स्रष्टा परिचय हरिश कल्पित, दीपक लोहनी र भगवती सेढाईले गराएका थिए ।

नव पुस्तकालय सुकेधारा काठमाडौंमा आयाेजना गरिएको कार्यक्रममा सभापति ममता मृदुल, प्रमुख अतिथि प्राडा शैलेन्दुप्रकाश नेपाल र कलानिधि दाहाल, प्रा विष्णु पन्त विशिस्ट अतिथि हेका थिए ।

स्वागत मन्तव्य संस्थाकाे सल्लाहकार निर्मला मुरारीले गरेकी थिइन्  । कार्यक्रम राष्ट्रिय गानबाट शुरु गरिएको थियाे । शुभकामना मन्तव्यमा सुरेश बैध र प्र. विष्णु पन्त, प्रमिला सिंहले  राखेका थिए ।

विशिष्ट अतिथि मन्तव्य कलानिधि दाहालले पुरस्कृत स्रष्टालाई बधाई र सम्मान गर्ने संस्थालाई धन्यवाद दिएका थिए । प्रमुख अतिथिको मन्तव्यमा नारी स्रष्टा समाजकाे पुरुष स्रष्टाको सम्मान गर्ने कार्यकाे प्रशंसा गरेका थिए।

कार्यक्रम नारी स्रष्टा समाजकी काेषाध्यक्ष बिन्दु अधिकारी ढकालले सञ्चालन गरेकि थिइन । कार्यक्रममा सभापति ममता मृदुलले साहित्यकार बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कार स्थापना गर्ने उहाँका छाेरी बिन्दु ढकाल र भगवती सेढाई प्रति खुसी व्यक्त गर्दै छाेराछाेरीलाई भन्दा बुवाआमालाई सम्मान र माया गरेकाे देखेपछि उनीहरूले पनि सम्मान गर्न सिक्छन धाराना राखेकी थिइन ।

Comments are closed.