छिन्नलता गीत पुरस्कार स्रष्टाहरूलाई समर्पण

काठमाडौं ।छिन्नलताको १०२ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको छिन्नलता गीत पुरस्कार २०७९ तथा २०८० बाट छ जना साधकहरू पुरस्कृत एवम् सम्मानित भएका छन् भने दुई जना साधकहरू छिन्नलता गीत युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। गीत, संगीत र गायन विधाका चार व्यक्तित्वलाई २०८० सालको छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरिएको हो ।
वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको १०२औं जन्म जयन्तीका अवसरमा बुधबार काठमाडौंमा गरिएको कार्यक्रममा गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भूपू पाण्डेलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टाहरूलाई सम्मानित गर्नु भएको हो । आजै २०७९ को छिन्नलता गीत पुरस्कार विजेता गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरिएको थियो । गीत, सङ्गीत र गायन पुरस्कारको राशि जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजारको छ ।
गुठीले २०३९ सालदेखि हरेक वर्ष नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।