पद्मश्री पुरस्कारअर्को भोर’लाई, माया ठकुरीलाई साधना सम्मान प्रदान

२०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’लाई र पद्मश्री साधना सम्मान  कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ ।

पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गरेका नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ ।

हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले ‘अर्को भोर’लाई पद्मश्री पुरस्कार, माया ठकुरीलाई साधना सम्मान र डा. सन्दुक रुइतलाई गौरव पुरस्कार  प्रदान गर्ने निर्णय गरेको हो ।

वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।

Comments are closed.