Trending Now

दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई गोधूलि पुरस्कार

गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने ‘गोधूलि पुरस्कार’२०७९

दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ‘गोधूलि पुरस्कार’ विशेष कृतिका रूपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो ।

गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष गङ्गा लिगलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । विराटनगर निवासी ८५ वर्षीय  दुर्गादेवी नेपाल विभिन्न रोगले ग्रस्त छिन् । उनको बसोबास काठमाडौंमा रहेको छ ।

Comments are closed.