विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाकी सचिव श्री गीताश्री शर्मा अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत!

गत: 29 जून 2024 तदनुसार वि.स.2081 असारपन्ध्रको शुभोपलक्ष्यमा “विश्व नेपाली साहित्य महासङ्घ भारत शाखा”-की सचिव श्री गीताश्री शर्मा “चारूशीला वाङ्मय प्रतिष्ठान” नेपालद्वारा”चारूशीला साहित्य पुरस्कार 2079-ले” विभूषित भएकी छन्। भाषा-साहित्यमा उत्कृष्ट सेवा गरेवापत् दिइने उक्त प्रतिष्ठित पुरस्कार पाउने पहिलो भारतीय नेपाली साहित्य नारी हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार डा शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार श्री गीताश्री शर्मालाई प्राज्ञ डा तुलसीप्रसाद भट्टराईको बाहुलीबाट उक्त पुरस्कार हस्तान्तर गरिएको थियो।
“चारुशीला वाङ्मय प्रतिष्ठान ” नेपालले
2078/ 2079 दुई वर्षको गरेर चौध जना स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको थियो। वरिष्ठ साहित्यकार, युवा साहित्यकार, बाल साहित्यकार गरेर साहित्यमा तीन पुस्ता जोड्ने उक्त ऐतिहासिक र गरिमामय कार्यक्रममा दुईवटा उत्कृष्ट विद्यालयलाई पनि पुरस्कृत गरिएको समारोहमा साहित्यकार श्री गीताश्री शर्मालाई सम्मान-पत्र सहित नगद रुपियाँ पचास हजार (50,000/-) राशीले पुरस्कृत गरिएको थियो। सिक्किमेली चेलीलाई “जनपक्ष प्रकाशन” सिक्किमसँग आबद्ध रहेर लामो समयसम्म भाषा र साहित्यको सेवामा हुँदा आफू पनि सृजनशील रहेर मुक्तक, रम्बास, कथा, लघुकथा, सुसेली, गद्यकविता , नियात्रा र समीक्षा जस्ता विभन्न विधामा कलम चलाएर साहित्यको सेवामा निरन्तर लागिपर्ने श्री शर्मालाई साहित्यप्रतिको उनको लगाव र सेवाको कदर गर्दै नेपालको प्रतिष्ठित साहित्य संस्थाद्वार पुरस्कृत गरिएको हो। प्रकाशनको कठिन कार्यसितै साहित्य सृजनामा निरन्तर लागिरहने साहित्यकार गीताश्री शर्माका मौलिक प्रकाशित कृतिहरूमा —
१. मुक्ता : (मुक्तकसङ्ग्रह) २०२१ !
२. तिलस्मी : ( रम्बास कवितासङ्ग्रह) २०२२
३. समयका रेखाहरू : ( कथासङ्ग्रह) २०२२ ।
४. नवीन मुना : (दोहोरी मुक्तक संयुक्तसङ्ग्रह) २०२२
५. वर्षा : (कवितासङ्ग्रह ) : २०२३ मा प्रकाशित भइसकेका छन्। उनले “काव्याञ्जलि” (रम्बास कविता सङ्ग्रह, नारी अङ्क सम्पादन एवम् प्रकाशन)२०२३,
“अमृतवाणी” : (विश्व प्रसिद्ध व्यक्तिहरूका महान् वाणीहरूको सङ्कलन एवम् प्रकाशन ) २०१७ मा सम्पादन पनि गरिसकेकी गीताश्री शर्माका “शब्दाञ्जलि”: दोस्रो मुक्तकसङ्ग्रह,” नाम्लो”, दोस्रो कवितासङ्ग्रह प्रकाशोन्मुख रहेका छन् ।
विश्व नेपाली सहाहित्य महासङ्घ भारत शाखाकी सचिव तथा बहु प्रतिभाशाली साहित्यकार गीताश्री शर्मालाई उक्त अन्तररार्ष्ट्रिय पुरस्कारले सम्मानित हुनु भएकोमा, “विश्व नेपाली महासङ्घ, भारत शाखा,” गौरव गर्दछ र अनन्त बधाईका साथमा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै उनको साहित्य सेवामा निरन्तरताको कामना गर्दछ।

राहुल राई बोगिको
अध्यक्ष विश्व नेपाली साहित्य महासंघ भारत शाखा