दान्यहिरा सिरपाःद्वारा दिवंगत सत्यमाेहन जाेशीलाई पुरस्कृत

ललितपुर, कात्तिक, पाटनढोकामा नेपालभाषा एकाडेमीले १८ औं दान्यहिरा सिरपाःले गरेको एक कार्यक्रममा तीनवटा विधामा पुरस्कार वितरण गरेको छ ।
तीन पुरस्कार मध्ये ‘दान्यहिरा जीवंकाछी सिरपाः’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई, ‘दान्यहिरा सङ्गीत सिरपाः’ संगीतकार मनराजा नकःमि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ डा. केशरीलक्ष्मी मानन्धरलाई पूर्वमन्त्री तथा ललितपुर महानगरका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यले प्रदान गर्नुभयो ।
जनही ५० हजार रुपियाँ नगद, दाता तथा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाःले प्रदान गर्नुभयो ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी नेपालभाषा एकाडेमीका संस्थापकका साथै उहाँले जीवनभर अकाडेमीको लागि आवश्यक अरनिको ग्यालरी, नेवाः एफएम, नेवाः खँ ग्वः धुकू ९नेपालभाषा शब्दकोष० प्रकाशन जस्ता कामहरु गर्नुभएकाले उहाँ जीवित हुँदै पुरस्कृत गर्ने निर्णय भएको जानकारी अकाडेमीका सदस्य सचिव डा. पुष्पराज राजकर्णिकारले बताउनुभयो ।
स्व.शताब्दीपुरुष जोशीको सम्मानपत्र तथा नगद राशी उहाँका जेष्ठ सुपुत्र अनुराज जोशी, माहिला सुपुत्र हेमन्त जोशी र सुपुत्री गङ्गा मुल्मीले संंयुक्त रुपमा ग्रहण गर्नुभयो ।
विज्ञान प्रविधि सिरपाःद्वारा पुरस्कृत डा. मानन्धर पहिलो विद्यावारिधि गर्ने महिलाको साथै नेपालमा च्याउखेती भित्र्याउने पहिलो व्यक्तिका नाष्टका डा. दिनेश भुजुले जानकारी दिनुभयो ।
डा. मानन्धरले पुरस्कारको रु. ५० हजार नेपालभाषा परिषदको लागि कोषाध्यक्ष मङ्गला कारंजितलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सङ्गीतकार मनराजा नकःमि, गायिकाहरु रत्नशोभा महर्जन, सरिता शाहीले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो।

 

Comments are closed.