मन्दिरा मधुश्रीलाई प्रेम शान्ति साहित्य सम्मान तथा पुरस्कार

आख्यान क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत हरेक २ वर्षमा प्रदान गरिने प्रेम शान्ति सम्मान तथा पुरस्कार पहिलो पटक विराटनगरकी कथाकार मन्दिरा मधुश्रीलाई प्रदान गरिने भएको छ ।
पोखरा, भदौ २९ । यस वर्षको प्रेम शान्ति साहित्य सम्मान पुरस्कार मधुश्रीलाई प्रदान गरिने भएको छ । आख्यान क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत हरेक २ वर्षमा प्रदान गरिने प्रेम शान्ति सम्मान तथा पुरस्कार पहिलो पटक विराटनगरकी कथाकार मन्दिरा मधुश्रीलाई पोखरामा एक भव्य समारोहका बीच प्रदान गरिने लमजुड पोखरा सम्पर्क समितिले जनाएको छ ।
साहित्यकार कल्याण पन्तको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय पुरस्कार छनौट समितिबाट नेपालभरका ओझेलमा परेका प्राप्त प्रतिभाहरू मध्येको नामबाट मधुश्री छनौटमा परेकी हुन् । पुरस्कार छनौट समितिका सदस्य दीपक समीप, विश्वलाल श्रेष्ठ, विपिन अधिकारी र अक्षयकोषदाता प्रेमकुमारी गुरुडको सिफारिसमा कथाकारलाई दस हजार रुपैंया र दोसल्ला ओढाइ सम्मान गरिने छ । उक्त सम्मान पुरस्कार लमजुड पोखरा सम्पर्क समितिकी सल्लाहकार तथा समाजसेवी प्रेमकुमारी गुरुडद्धारा आफ्नो र दिवंगत भएकी आफ्नी आमा शान्ति गुरुडको नामबाट प्रेम शान्ति साहित्य सम्मान पुरस्कार स्थापना गरिएको हो ।

एक लाख २५ हजारको अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट हरेक दुई वर्षमा विशेषत आख्यान क्षेत्रमा समर्पित व्यक्तित्वलाई सम्मान गरिनेछ । साहित्य सम्मान पुरस्कार वितरण कार्यक्रम असोज महिनाको ८ गते शनिबार पोखरामा सम्पन्न गरिने आयोजक लमजुड पोखरा सम्पर्क समितिका अध्यक्ष विपिन अधिकारीले जानकारी दिएका छन् ।

 

Comments are closed.