Trending Now

पद्मा–श्याम गोतामे स्रष्टा सम्मान व्यङ्ग्यकार रामकुमार पाँडेलाई

काठमाडौं । नेपाल स्रष्टा समाजले मूर्धन्य हास्य व्यङ्ग्यकार श्याम गोतामेको स्मृतिमा स्थापित सम्मान ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान’ पहिलो पटक हास्य व्यङ्ग्यकारपाँडेलाई प्रदान गरेको छ । सम्मानित व्यक्तित्वलाई सम्मानकासाथ २१ हजार नगद राशि पनि प्रदान गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानका संस्थापक, प्रमुख अतिथि गोतामे पत्नी पद्मा गौतमले सम्मानपत्र र नगद राशि प्रदान गरिन् ।

कार्यक्रममा व्यंग्यकार पाँडेले श्याम गोतामेसँगको संगतबारे चर्चा गर्दै आफ्नो लेखनीका विषयमा बताए । पाँडेले गोतामे शुद्ध मनका खरो व्यक्तित्व भएको उल्लेख गर्दै उनको भाषामा पकड रहेको बताए ।

साहित्यकार शैलेन्द्र साकारले व्यङग्य शिल्पी गोतामेसँग आफ्नो सम्बन्धको चर्चा गर्दै पाँडेलाई सम्मान सही छनोट भएको बताए ।

कार्यक्रममा साहित्यकारहरू अशेष मल्ल, विधान आचार्य, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षि, श्रीओम रोदन, देविका तिमिल्सिना र गोतामे पुत्री निरा गौतमले बोलेका थिए ।

Comments are closed.