राजकर्णिकार र धाख्वालाई अश्वघोष बौद्ध सेवा पुरस्कार

थेरवादी बौद्ध धर्मको विकास र प्रचारप्रसारमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान गर्दै आएका घनश्याम राजकर्णिकार र अमिता धाख्वालाई भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०८० प्रदन गरिने भएको छ । समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देशले अखिल नेपाल भिक्षु महासंघका छैटौं महासंघनायक भिक्षु अश्वघोष महास्थविरको स्मृतिमा स्थापना गरेको भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार राजकर्णिकार र धाख्वालाई प्रदान गर्न लागिएको सम्यक सन्देशका सल्लाहकार एवं पुरस्कार समितिका संयोजक कृष्ण बहादुर श्रेष्ठले बताए ।
थेरवादी बौद्ध दर्शनको विकास र प्रवर्द्धनका क्षेत्रमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएकाले राजकर्णिकार र धाख्वालाई २५०० राशीसहितको पुरस्कार अर्पण गर्न लागिएको हो । उक्त पुरस्कार महिला र पुरुषलाई प्रत्येक वर्ष प्रदान गर्नेगरी सम्यक सन्देशले गत साल स्थापना गरेको थियो । पुरस्कार सम्यक सन्देशको सातौं वार्षिकोत्सवको अवसरमा आगामी जेठ ३१ गते काठमाडौमा प्रदान गर्न लागिएको हो । यसअघि उक्त पुरस्कार डा. लक्ष्मण शाक्य र डा. रिना तुलाधरलाई प्रदान गरिएको थियो ।

Comments are closed.