२०७८ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारआचार्यको‘रुइबा’ कृतिलाई

गैरआवासीय नेपाली सङ्घुको भाषा तथा साहित्य समितिले गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद राशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदानगर्ने निर्णय गरे बमोजिम अरनिको पुरस्कार व्यवस्थापन समितिले वि.सं. २०७८ भरिमा प्रकाशित भएका गैरआवासीय नेपाली लेखकका कृतिहरूमध्ये चीनमा स्थायी बसोवास गर्नु हुने साहित्यकार श्री चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’ नामक कृतिलाई वर्ष २०७८ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाका अनुसार तामाङ परिवेशमा आधारित ‘रुइबामा लेखकले तामाङ पात्र र परिवेश मार्फत्गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् । उपन्यासमा न्याउली नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिहरूलाई कहाली लाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्घाटित गरिएको छ । यो उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको छ ।

यसअघि समितिले पुरस्कारका लागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको रूइबाु का अतिरिक्त नगेन्द्र न्यौपानेको बर्मा र थाइल्यान्डभित्र नेपालु ‘नियात्रा सङ्ग्रह’, अजित उत्सवको ‘आकाश गंगाको किनार, कवितासङ्ग्रह, दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक’ कवितासङ्ग्रह र नरेश राईको ‘तेप्लायु’ कवितासङ्ग्रह संलग्न थिए ।
पुरस्कृत कृति ‘रूइबा’ का लेखक चेतनाथ आचार्यलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।

स्रोतःशब्दपथ