साहित्यकार फुयाँल खिलशर्म–राजीवलोचन जोशी पुरस्कारद्वारा पुरस्कृत

काठमाडौँ ।

खिलशर्म –राजीवलोचन जोशी स्मारकप्रतिष्ठानबाट वरिष्ठ साहित्यकार  श्रीहरि फुयाँल सम्मानित हुनुभएको छ ।

कविशिरोमणि राजीवलोचन जोशीको ९४ औ स्मृतिदिवसको अवसरमा खिलशर्म –राजीवलोचन जोशी स्मारकप्रतिष्ठानबाट वरिष्ठ साहित्यकार  श्रीहरि फुयाँल पुरस्कृत हुनुभएको हो ।

खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वहाँलाई २० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाली साहित्यको विविध क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरेको भन्दै प्रतिष्ठानले साहित्यकार फुयाँललाइ सम्मानित गरेको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले फुयाँललाई बधाई दिँदै नेपाली साहित्यको माध्यमिक कालमा साहित्यकार राजीवलोचन जोशीको महत्वपूर्ण योगदान रहेको बताए ।

“साहित्यकारलाई सम्मान गर्दा समग्रमा राज्यकै सम्मान हुन्छ । यसबाट देशको उन्नति प्रगति हुन्छ, उनले भने, “यस प्रतिष्ठानले शास्त्रीय मर्यादालाई कायम राखेको छ, साहित्य र साहित्यकारको सम्मानमा गरेको काम प्रसंशनीय छ ।”

नेपाली साहित्यका विविध क्षेत्रमा ५ दशकभन्दा अघिदेखि निरन्तर सेवा गर्दै प्रशंसनीय कार्य गरेबापत वि=स=२०७९को खिलशर्म –राजीबलोचन जोशी स्मारक पुरस्कारबाट साहित्यकार फुयाँल सम्मानि हुनुभएको हो ।