आख्यानकार लक्ष्मण सिटौलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ ,  हाम्रो कथाघर जालंधर पंजाव भारतबाट संचालित युटुव च्यानलले भारू चालिसहजार नगद सहित ‘अन्तर्राष्ट्रिय पुरस्कार’ आख्यानकार लक्ष्मण सिटौलालाई प्रदान गरेको छ ।

टोखानगरपालिका ११ मा स्थायी बसोवास गर्दै आउनु भएका सिटौला विगत तीन दशकदेखि अनवरत रूपमा नेपाली भाषा साहित्यमा कलम चलाउँदै आउनु भएको छ । हाम्रो कथाघर युटुव च्यानलबाट प्रसारण भएको कथा दोस्रो पुरूषले एकलाख बढि भिउज् आएको कथाको सुचिमा परेको र युटुव च्यानल मनिटाइज भएको खुशीयालीमा कथाकार लक्ष्मण सिटौलालाई उक्त नगद राशी सहित सम्मान गरिएको हो। उक्त सम्मान कार्यक्रममा कथाकार हरिश कल्पितले अध्यक्षको आसनबाट खादा लगाएर सम्मानपत्र अर्पण गर्नुभएको थियो।

उक्त कार्यक्रमको विशिष्ट अतिथिहरूमा, साहित्यकार राजबाबु श्रेष्ठ सागर , टेलिफिल्म निर्देशक मनराज श्रेष्ठ, कमला ढकाल, अनिता कोइराला, खिनु बिष्ट रहनु भएको थियो भने कार्यक्रम संचालन साहित्यकार तारा के.सी ले गर्नुभएको थियो।

सम्मानपछि खुशी प्रकट गर्दै कथाकार लक्ष्मण सिटौलाले प्रवासमा बसेर नेपाली भाषा साहित्यको प्रचारप्रसार र श्रीवृद्विमा उल्लेखनीय भुमिका निभाएकोमा हाम्रो कथाघरका परिकल्पनाकार र संचालक जीवन सोनी र उहाँको टिम, अञ्जलि गुरूङ र प्रभात न्यौपानेलाई धन्यवाद र दिनुभएको थियो ।

हाम्रो कथाघर युटुव च्यानलले गर्दै आएको काम र भुमिकाबारे कथाकार राजबाबु श्रेष्ठ र टेलिफिल्म निर्देशक मनराज श्रेष्ठले बोल्नु भएको थियो।