Trending Now

रमेश विकल वाङ्मय पुरस्कार तेजेश्वर बाबु ग्वंगःलाई

रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगःलाई अर्पण गर्ने निर्णय गरेको छ ।
यसरी नै रमेश विकल– सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस लासहरूको निःशुल्क सदगति गरी समाजसेवा गर्दै आउनुभएका सपना रोका मगरलाई र रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खालीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसरी नै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार लक्ष्मी उप्रेति तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गर्ने निर्णय भएको छ ।
रमेश विकल कला–सङ्गीत पुरस्कार यसपल्ट वरिष्ठ कलाकार–निर्देशक बद्री अधिकारीलाई अर्पण गरिने छ । श्री अधिकारीले सार्थक नेपाली चलचित्र र टेलीशृङ्खलाहरूको सफल निर्देशन गर्दै आउनुभएको छ । रमेश विकलको ’अविरल बग्दछ इन्द्रावती’ उपन्यासलाई लोकप्रिय टेलिफिल्मका रूपमा उहाँले नै निर्देशन गर्नुभएको हो ।
प्रतिष्ठानद्वारा प्रकाशित प्रेस वक्तव्यअनुसार उक्त निर्णय प्रतिष्ठानद्वारा गठन गरिएको प्रतिष्ठानका सदस्य साहित्यकार मातृका पोखरेलको संयोजकत्वमा गठित वरिष्ठ समालोचक युवराज मैनाली तथा साहित्यकार सीता शर्माको समितिको सिफारिस अनुसार गरिएको हो ।

 

Comments are closed.