Trending Now

कृष्णभूषण सिर्जना पुरस्कार समर्पण

विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठान (विराटनगर)ले आरोहण गुरुकुलमा एक समारोहका बीच २०७८ सालको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई, कृष्णभूषण बल स्मृति सिर्जना विशेष पुरस्कार कवि सुधा एम राई ‘सिक्किम’लाई र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई समर्पण गर्‍यो ।

पुरस्कार समर्पण प्रमुख अतिथि कवि तथा गीतकार शिवशंकर थापा, प्रतिष्ठानका उपाध्यक्ष केशव आचार्य र संरक्षक शोभा लामा बलले गर्नुभएको थियो ।

समारोह पाँच सत्रमा – (१) ‘कवि कृष्णभूषण बलका कालजयी कविता’, (२) ‘समकालीन कविता’, (३) ‘गीत’ (४) ‘गजल’ र (५) ‘मुक्तक’ गरी पाँच सत्रमा विभाजन गरी काव्य महोत्सवको रूपमा मनाइएको थियो, जसमा कवि जसराज किराँती, दिनेश अधिकारी, सुधा एम राई, मनु मन्जिल, गणेश निरौला, गोकुल अधिकारी, देवान किराँती, मधु पोखरेल, धनकुटे, कान्छा, राजेन्द्र गुरागाइँ, जयन्ता पोखरेल, रामबाबु दाहाल, शुभलक्ष्मी लम्साल, रोहिणी रसिक, रोशन परियार, निर्मल तामाङ, धीरज राई, दीपक सम्चु, मन्जुश्री गिरी, राधा भट्टराई, पुष्पा सायरा, लक्ष्मी रायामाझी, पूजा आराधना, राधिका गुरागाइँ, उमेश लुइँटेल, निर्मला कोइराला, लक्ष्मी पोखरेल, पूजा बहार, सरिता तुलाधर , प्रिन्स प्रमोद, सविता भण्डारीलगायत पचासभन्दा बढी कविहरूले कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए ।

Comments are closed.