राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई

काठमाडौं । यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपाठीलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्तीको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
मर्स्याङदी वाङ्मय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको सो पुरस्कारको राशि एक लाख रुपैयाँ र सम्मानपत्र छ ।
राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान गर्दै आएको छ ।