ज्योति साहित्य प्रतिष्ठानले स्रष्टाहरुलाई सम्मान र पुरस्कृत गर्यो

ज्योति साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्य र विशिष्ट अतिथि नरेन्द्र राज पौडेल तथा “चोभार ब्लुज” का रचनाकार विक्रम भक्त जोशीको समुपस्थितिमा साहित्यकार उषा आचार्य, राज बाबु श्रेष्ठ ‘सागर’, संगीता ठाकुर, रेणु घिमिरे, लक्ष्मी बडाल र सुष्मिता श्रेष्ठलाई भृकुटी मण्डप काठमाडौंमा एक समारोहबिच “साहित्य पदक”द्वारा सम्मानित गर्यो। उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन भयो। कार्यसमितिमा महासचिवमा उषा आचार्य र सचिवमा सुष्मिता श्रेष्ठका साथै सदस्यहरूमा जनार्दन अधिकारी धड्कन, राज बाबु श्रेष्ठ ‘सागर’, लक्ष्मी बडाल, संगीता ठाकुर तथा रेणु घिमिरे सर्वसम्मतिबाट निर्वाचित हुनु भयो।
उक्त अवसरमा प्रमुख अतिथि शैलेन्द्र साकार, विशिष्ट अतिथि नरेन्द्र राज पौडेल र विक्रम भक्त श्रेष्ठ नवनिर्वाचित कर्यसमितिलाई बधाईदिनु भयो र मन्तव्य सहित सिर्जना वाचन गर्नु भयो। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले समेत कविता वाचन गरी कार्यक्रममा आकर्षण थप्नु भयो। अध्यक्ष मणिराज सिंहले आगामी नोभेम्बर २५, २६ र २७ मा भारतको उत्तर प्रदेशको मेरठमा हुन लागेको भारत नेपाल साहित्य सम्मेलनंमा संस्थालाई आमन्त्रण प्राप्त भएकोले इच्छुक सष्टाले केही दिनभित्रै नाम टिपाउन अनुरोध गर्नु भयो।

Comments are closed.