विभिन्न विधाका लागि प्रतिभा पुरस्कार घोषणा

 

विराटनगर । भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई विगत चार दशकदेखि पुरस्कृत गर्दै आएको प्रतिभा पुरस्कार प्रतिष्ठानको साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले एक विज्ञप्ति प्रकाशित गरी केही नयाँ विधा थप गरी २०७८ सालका विभिन्न पुरस्कारको घोषणा गरेको छ।

विज्ञप्तिअनुसार जनही रु. ५०,०००/-राशिसहित प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई प्रतिभा पुरस्कार, डा.दुबसु क्षेत्रीलाई दीनबन्धु-उषादेवी गोयल प्रतिभा पुरस्कार, डा.ज्ञानु पाण्डेलाई लीलानाथ-विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार र प्रा.डा.टंकप्रसाद न्यौपानेलाई ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार अर्पण गरिने छ ।

यस्तै रू.२२,०००/- राशिसहित हरिप्रसाद न्यौपाने (झापा) र नारद पोखरेल (सुनसरी)लाई संयुक्त रुपमा विराटलक्ष्मी प्रतिभा पुरस्कार, यस्तै लोचन रिजाल र भरत गुरागाईं ‘बर्बरिक’ (मोरङ)लाई संयुक्त रूपमा षडानन्द प्रतिभा पुरस्कार प्रदान गरिने छ ।

प्रतिभा पुरस्कार प्रतिष्ठानका सहसचिव दिंलाली कान्छाका अनुसार आगामी असार २९ गते भानुजयन्तीको दिन एक समारोहको आयोजना गरी पुरस्कारहरू वितरण गरिने छ ।