दालचीनीको आयुर्वेदिक उपचार

दालचीनीलाई नेपालीमा दालचीनी, संस्कृतमा दारुसिता र अंग्रजीमा सिनेमन भनिन्छ ।

 

नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो।रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई दालचिनी भनिन्छ|तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरू भाँचेर झिकिन्छ। हरेक हाँगाबाट तेजपात सङ्कलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्र्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ।

दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ। यसले बमन र वाक वाक रोक्दछ। बोक्रामा ०.५ –१ प्रतिशत सम्म तेल हुन्छ। यो तेल दाँतको औषधिको रूपमा प्रयोग हुन्छ।

दालचीनीको आयुर्वेदिक उपचार निम्न रहेका छन् ।
१. रुघाको जरोमा – १ मासा दालचीनी । ५ रत्ती ल्वाङ र १५ रत्ती सुठो २ माना पानीमा काढा पकाएर आधा माना बाँकी भएपछि निकाल्नू र छान्नू । ५–५ तोलाको मात्रा गरी दिनको ३ पटक दिनाले रुघाको जरो र त्यसका उपद्रहरु पनि शान्त हुन्छन ।

२. न्यूमोनियाँ र खोकीमा – ३ मासा दालचीनी, १ मासा मरिच, ३ मासा जेठीमधु, ४ ओटा कण्टकारीको फल र २ तोला मिश्री १ माना पानीमा पकाउनू र १ चौथाई बाँकी भएपछि निकाली छान्नु । यो औषधि दिन भरमा ३ मात्रा गरी पिलाउनाले न्यूमोनिया र अत्यन्त बढेको खोकीमा पनि आराम गर्छ । कफ काटिन्छ र शरीर हलका हुन्छ । द्म र गला बसेकोमा पनि फाइदा गर्छ । मुखको दुर्गून्ध नष्ट हुन्छ । यसले छातीमा जमेको कफ काटेर निकालिदिन्छ र वमन पनि रोकिदिन्छ ।

३. क्षयमा – बेहन दुधमा दालचीनीको तेल ५ थोपासम्म मिलाई क्षय–रोगीलाई पिलाउने ग¥यो भने क्षयका उपद«, कफबाट रगत आउने खोकी जरो इत्यादि नष्ट भई बिस्तारै–बिस्तारै आराम हुन्छ । यो ओषधि खानेबित्तिकै क्षयको शक्ति ह्ट्तै जान्छ ।

४. कपाल दुखेमा – दालचीनीको तेल निधारमा र कञ्च्टमा मल्नाले सर्दृीबाट पैदा भएको शिरदर्द आराम हुन्छ ।

५. दाँतको रोगमा – दालचीनीको तेल कपासको फाहामा राखोर खाक्रोे दाँत भित्र हाली च्याप्यो भने दाँतका कीरा र दन्त–शूल समेत नष्ट हुन्छ । दाँतको बाहिर (गाला) पनि लगाउनू ।

६. कानका रोग – दालचीनीको तेल २–३ थोपा कानमा हाल्नाले कानका अरु रोग र बहिरोपन समेत नष्ट हुन्छ ( कान पोल्यो भने तिलको तेलमा मिसाई हाल्नू) ।

७. अतिसारमा– ४ मासा दालचीनी र १ तोला खयर मिलाएर पिंध्नू । २५ तोला तातो पानीमा यो औषधि हाली छोपिदिनू । २ घण्टापछि छानेर २ मात्रा बनाई पिउनू । यसलै अतिसार नष्ट हुन्छ ।

८. अथवा– ६ रत्ती दालचीनीको चूर्ण र ६ रत्ती खयरको चूर्ण मिलाएर तातो पानीसित पिए पनि अतिसार आराम हुन्छ ।

९. मन्दाग्नि र कब्जियतमा – ५ रत्ती सुठो, ५ रत्ती दालचीनी र ९ रत्ती अलैंची पिंधी भात खाने बेला खाई भात खानाले खाएको हजम हुन्६, भोक पनि लाग्६ ।

१०. वायुको दर्दमा – दालचीनीको तेल मलिदिए वायुको दर्द जान्छ ।

११. पेट दूखेमा – ३ मासा दालचीनी र ३ मासा सुठोको धूलो मिलाएर तातो पानीसँग खानाले पेट दुखेको आराम हुन्छ । पेट फुल्ने, वायु गुड.गुड. गर्नो दिशा खलास नहुने र आन्द«ाको दोष समेत नष्ट भई शरीर फुर्तिलो हुन्छ । आउँको दोष पनि नष्ट हुन्छ ।

१२. पिसाबको रोगमा – ३ मासा दालचीनी, ३ मासा गोखुर र २ मासा मिश्रीको काढा पिउनाले पिसाब सफा हुन्छ र स्त्रीको मासिक–धर्म पनि समय–समयमा ठीक–ठीक सँग हुन्छ ।

१३. अलकाईा – दालचीनीको काढा पिए र त्यसैले अलकाईको खटिरा धोए कोहि दिनमा अलकाई वैलाउँछ र रगत पनि बन्द हुन्छ ।

१४. वमनमा – तातो पानिमा २।३ थोपा दालचिनीको तेल मिलाई पियो भने वमन बन्द हुन्छ ।

१५. स्वर बसेमा –३ मासासम्म दालचीनी र मिश्रीको काढा पकाई पिउनाले स्वर खुल्दछ ।

१६. आँखा र्फफराएमा – दालचीनीको तेल आँखामा लगायो भने र्फफराउने नष्ट हुन्छ ।

१७. अण्ड–वृद्धिमा – अण्डमा पानी जमे ६ मासा दालचीनीको काढाको सेवन र अण्डकोशमा दालचीनीको तेल मल्नाले आराम हुन्छ ।

१८. स्मरण–शक्तिमा – १ मासा दालचीनी, १ मासा घोडताप्रे र १ तोला मिश्रीको काढा पकाई पिउने गर्नाले स्मरण–शक्ति तेज हुन्छ, बुद्धि बढदछ र पागलपन र छारे रोग इत्यादि पनि नष्ट हुन्छन् ।

१९. पक्षाघातमा – १ तोला दालचीनीको तेल, ५ तोला तिलको तेल र ३ रत्ती कपूर मिलाई मालिस गर्नाले वातका तमाम रोग र पक्षाघात समेत नष्ट हुन्छन् ।

२०. स्तम्भनमा – दालचीनी दाँतले चपाई यसको रस कामेन्दि«यमा लगाएर रमण गर्नाले स्तमभन भएर दुबै जना प्रसन्न हुन्छन् ।

२१. बिच्छीको विषमा – दालचीनी र शञ्जीर पिंधेर लगाउनाले बिच्छीको विष नष्ट हुन्छ । दालचीनीको तेल लगाएर पनि हुन्छ ।

श्रोत: औषध-पूर्णचन्द्रोदय पुस्तक।