डा. बद्री केसी एनआरएनए अध्यक्षमा निर्वाचित

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी हुनुभएकाे छ ।

काठमाडाैंस्थित होटल सोल्टीमा बिहीबार भएकाे प्रत्यक्ष र अनलाइन मतदानमा केसी १ हजार ३ सय ७८ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिष्पर्धी आरके शर्माले १ हजार २८१ र महेश श्रेष्ठले १ हजार २२५ मत पाउनुभयाे ।

केसी निर्वाचित भएसँगै अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका प्रत्यासीहरु आरके र महेशले आराेप लगाउनुभएकाे छ । विदेशमा रहेका प्रतिनिधिलाई अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

११औँ विश्व सम्मेलन र सो क्रममा भएको चुनाव अन्तर्गत भएकाे मतदानबाट उपाध्यक्षमा डा. हेम राज शर्मा, रोविन शेरचन, रामशरण सिम्खडा , खगेन्द्र न्यौपाने, राज रेग्मी र डा. विनोद श्रेष्ठ निर्वाचित हुनुभएकाे छ ।

महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा रोसन थापा विजयी हुनुभयाे । महासचिवमा गौरीराज जोशी तथा उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी हुनुभएकाे छ ।

६ सचिवमा भीम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणि पोखरेल र स्वतन्त्रप्रताप शाह निर्वाचित हुनुभएकाे छ । महिला सचिवमा राधिका गुरुङ टीका विजयी हुनुभएकाे छ ।

कोषाध्यक्षमा सुदनकुमार थापा तथा सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत र तिलक प्रसाद गैरे निर्वाचित हुनुभएकाे छ ।महिला सहकोषाध्यक्षमा अमृता थापा र संघकाे अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान निर्वाचित हुनुभएकाे छ ।

संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ विजयी हुनुभएकाे छ । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेको थियाे ।