बालरत्न प्रतिभा पुरस्कार पाँच बालिकाहरुलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ‘ बालरत्न’ बाल प्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ । समितिका  संयोजक शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका अनुसार पुरस्कृत हुनेहरूमा विभूषा विष्ट(न्यूयोर्क), शिवानी कँडेल (केन्तुकी), स्तुती खतिवडा (न्यूह्यामसायर), रोजी गौतम (फेयरफ्यक्स, भर्जिनिया) र ऐश्वर्या निरौला (मेरिल्याण्ड) रहेका छन् ।

पुरस्कार समितिका सदस्य विमला निरौलाका अनुसार पुरस्कृतहरूलाई छिट्टै कार्यक्रम गरेर पुरस्कृत गरिने छ ।