काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेका बताएका छन् ।
बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गरे ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरु रहेको बताए । उनले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गरे ।
उनले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंक गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको बताए । उनले पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको उल्ल्लेख गरे ।
उनले बैंकहरुमा पछिल्लो समय पुँजी राम्रो भएपनि निष्क्रिय कर्जा बढेको बताए । गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरुलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताए ।
उनले प्रोभिजनको व्यवस्थाले बैंकहरु आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी गरे ।
उनले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंक आफ्नै कारणले दिन नसकेको बनाए ।