१० वैशाख, म्याङ्लुङ, तेह्रथुमको म्याङ्लुङमा आयोजित वसन्त काव्य उत्सवमा दर्जन बढी कविहरूले कविता वाचन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कवि विश्वविमोहन श्रेष्ठले यो कार्यक्रम गर्ने सोच निकै वर्ष अघिको भए पनि आज आएर सफल भएको बताए ।
साझा प्रकाशनका पूर्व अध्यक्ष डा. विजय सुब्बाले साहित्यका क्षेत्रमा तेह्रथुमको योगदानबारे चर्चा गरे ।
म्याङ्लुङ नगर प्रमुख संजयकुमार तुम्बाहाम्फेले साहित्यले समाज सुधारका क्षेत्रमा योगदान दिने बताए ।
शुक्रबार, तेह्रथुम नगरपालिकाको आयोजना, एपेक नेपालको संयोजन र गुराँस साहित्य प्रतिष्ठानको सक्रियतामा सम्पन्न कार्यक्रममा स्थानीय तथा काठमाडौंबाट गएका कविहरूले कविता वाचन गरेका थिए ।