साहित्यकार तथा वामपन्थी चिन्तक प्रा. डा. ताराकान्त पाण्डेको निधन

काठमाडाैं । साहित्यकार तथा वामपन्थी चिन्तक प्रा. डा. ताराकान्त पाण्डेको निधन भएको छ ।

दाङकाे भालुवाङमा शुक्रबार राति भएकाे बस दुर्घटनामा परी पाण्डेकाे निधन भएकाे हाे । भे १ ख ३९१२ यात्रुवाहक बस राप्ती गाउँपालिका-१ भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको थियो ।

साेही दुर्घटनामा पाण्डेसहित १२ जनाकाे निधन भएकाे हाे । पाण्डे मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुल विभाग सदस्य समेत हुनुहुन्थ्याे ।

पाण्डेका भूमिका र मूल्यांकन, प्रगतिवाद र कविता, देवकोटाको व्यंग्य व्यक्तित्व, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध, अर्थको आनन्द लगायत कृतिहरु प्रकाशित छन् ।

पाण्डेकाे निधनप्रति नेकपा एमालेका महासचिव शंकर पाेखरेलले दु:ख व्यक्त गर्नुभएकाे छ ।