काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेटमा खादारमाला प्रयोग नगर्न आग्रह गरेका छन् ।उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका हुन् । उनले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि प्रयोग नगर्न आग्रह गरे ।
‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीको आग्रह छ।प्रधानमन्त्री ओली गत आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । अहिले उनलाई बधाई दिन प्रधानमन्त्री कार्यालयमा बाक्लो भिड नै लाग्ने गरेको छ ।