Trending Now

गुणकारी अमला खानुका फाइदा

अमिलीका जस्ता मसिना पात हुने र गोलाकार फल फल्ने बोटविशेष वा त्यसमा फल्ने फललाई अमला भनिन्छ । अमलाका ससाना बुट्यानदेखि लिएर ठुलठुला रूख समेत हुन्छन् । त्रिफला नामक प्रसिद्ध आयुर्वेदिक ओखतीमा मिसाइने एउटा फल अमला हो । तर त्रिफलाको सम्मिश्रणको मात्राका सम्बन्धमा आयुर्वेदका ग्रन्थमा समान धारणा छैन ।

जाडो मौसममा अमला सेवनका केहस् विशेष फाइदाहरु छन् । अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ । अमलामा क्रोमियम बढि मात्रामा हुन्छ । अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन ।

अमला धेरै गुणकारी हुन्छ र हरेक मौसममा यसको सेवन गर्न सकिन्छ । तर जाडोमा यसको सेवन गर्दा विशेष फाइदा हुन्छ । अमलाको सेवनले रुघा-खोकी, छाला, नेत्र रोग तथा केशका लागि अति उपयोगी टनिक हो ।

फाइदा  :

    • रक्तपित्त : मुख, कान, आँखा, नाक, गुदद्वार तथा मूत्रद्वारबाट रगत बहने रोग  ।
    • प्रमेह : वीर्य अथवा शरीरका अरू धातु पातलिएर पिसाबसँग मिसिएर बाहिर निस्कने विभिन्न रोगहरू ।
    • वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ।
    • कब्जियत ।
    • शरीर चिलाउने रोग, कुष्ठरोग, जरो, तिर्खा–रोग ।
    • डाह, वाकवाकी र सुजन ।
    • यसको फलले थकाई, वाकवाकी, आध्मान (पेट फुल्ने एक रोग, अपानवायु रोकिनाले छालाको थैलो फुले जसरी पेट फुल्ने रोग) र विष्टम्भ (दिसा रोकिएर पेट फुल्ने रोग विशेष) लाई शान्त पार्दछ ।
  1. यसले आयु बढाउन मद्दत गर्दछ र चाँडै बुढ्यौली आउन दिँदैन ।
  2. अमलाको अर्क (आयुर्वेदीक मदिरा) ले त्रिदोष, रक्तपित्त र प्रमेह नाश गर्दछ ।
  3. सामान्यतः अमिलो कुरा दूधसँग खान हुँदैन तर अमिलो भएपनि अमला भने दूधसँग खान हुन्छ ।
  4. यसले खानमा रुची जगाउँदछ र शीतल गर्दछ ।
  5. अमला आँखाका लागि हितकर हुन्छ ।
  6. यो तागतिलो, शरीरको वर्णमा निखार लेराउने, धैर्यवर्धक, वीर्यवर्धक र बुद्धिवर्धक हुन्छ ।
  7. अमला पकाइएको रसमा पुनः अमलाकै धुलो हाली मन्द आँचमा उमालेर लेदो बनेपछि त्यसलाई घिउ र दूधसँग फिटेर खाने गरेमा यौन–क्षमता वृद्धि हुन्छ ।
  8. अमलाले मानिसले खाएपिएको कुरासँग विद्वेष (वैरभाव) नगरी ती शरीरभित्र जहाँ छन् त्यहीँ गई ती कुरासँग मिसिएर तिनको दोष नष्ट गर्ने (वान्ता वा दिसा नलगाई रोग ठिक गर्ने) काम गर्दछ ।
  9. सामान्यतः अमिलो रस खानाले शरीरमा पित्तको मात्रा बढ्दछ तर अमलाको अमिलोले पित्त बढ्दैन ।
  10. अमलाको तेलको नस लिनाले टाउकाका सबै रोग नाश हुन्छन् । अमलालाई गाईको घिउमा पिसी टाउकामा दल्नाले र (सो ओखती गर्ने अवधिभर) चिल्लो र तात्तातो खानेकुरा खाने गर्नाले सबै खालका टाउकाका रोग नाश हुन्छन् । प्रमेहका रोगीले अमलाको रस बेसार र महसँग फिटेर खाने गर्नू । अमलाको रसमा भिजाइएको अमलाकै धुलो मह, घिउ र सखरसँग मिसाएर चाटी दूध पिउने गरेमा यौनशक्ति बढ्दछ ।
  11. दैनिक एउटा अमला  पिसेर नदी, जलाशय वा वर्षाको पानीलाई कालो (फलामको) भाँडामा उमाली लेदो बनाएर खाने गरे स्त्रीको शरीर दुब्लो हुन्छ ।
  12. खाना खानुभन्दा अघि वा पछि जतिखेर खाएपनि अमला सजिलै पच्दछ र अमृततुल्य हुन्छ ।

Comments are closed.