Trending Now

बदाम, स्वादिलो र पोषिलो

बदाम अङ्ग्रेजीमा पिनट अथवा ग्राउन्डनट दलहन वानस्पतिक परिवार फेबेसीमा पर्ने वनस्पति हो । पेरु उपत्यकामा खेति सुरु गरिएको पहिलो बालीको रूपमा बदामलाई मानिन्छ । करिब ३० सेमिदेखि ५० सेमि अग्लो हुने यो एउटा पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।

सामान्यतयाः बदाम उपोष्ण प्रदेशमा फल्ने एक किसिमको कोसेबाली हो । वर्षायाममा या वर्षा सुरु हुनुभन्दा पहिले यो लगाउने गरिन्छ । यो पहाडी भेगहरुमा जेठ एवं असार महिनातिर लगाइन्छ । अन्यत्र यो चैत बैशाखदेखि नै लगाउने गरिन्छ । बदामको राम्रो उत्पादनका लगि उष्ण तापक्रम तथा ५०० देखि ६०० मिलिमिटर वर्षाको आवश्यकता पर्छ । सामान्यतया, वर्षायाममा बदाम रोपिने हुँदा यसलाई बर्खे बालीका रूपमा चिनिन्छ

 बदाम खानुका फाइदा

१. मधुमेहलाई नियन्त्रणमा राख्छ

नियमित रुपमा दैनिक बदाम खानाले मधुमेह हुने सम्भावना २१ प्रतिशतले कम हुन्छ । बदाममा पाइने म्यागनिज नामक तत्वले ब्लड सुगर लेभललाई नियन्त्रित गर्छ । यसको सेवनले शरीरमा क्याल्सियमको अवशोषणमा मद्धत गर्छ र मेटाबोलिज्म बढाउँछ ।

२. मांसपेसी बढ्छ

यदि तपाइर्ंको शरीर कमजोर छ र बाङ्गोटिङ्गो मांसपेसीले तपाईको लुक खराब गरिरहेको जस्तो लाग्छ भने दैनिक रुपमा भिजाइएको बदाम दूधसँग खानुहोस् । बिस्तारै बिस्तारै तपाईंको मांसपेसी बढ्न थाल्छ र शरीर तन्दूरुस्त देखिन्छ ।

३. क्यान्सरबाट बचाउँछ

बदाममा पाइने एन्टिअक्सिडेन्ट, आइरन, फोलेट क्याल्सियम र जिंकले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि मद्दत गर्छ । यसैले बदाम खानाले स्वस्थ हुने मात्रै नभई क्यान्सरबाट बच्न सकिन्छ ।

४. रक्त सञ्चार सही राख्छ

जाडोमा चिसोको कारण हाम्रो ब्लड सर्कुलेसनमा पनि समस्या हुन्छ । जाडोमा बदामको सेवनले शरीरमा गर्माहट ल्याउँछ जुन कारणले ब्लड सर्कुलेसन राम्रो हुन्छ र मुटु स्वस्थ हुन्छ । बदामको नियमित सेवनले हार्ट अट्याक र मुटु सम्बन्धी रोगहरुको खतरा कम हुन्छ ।

५. गर्भवती महिलाहरुको लागि लाभदायक

गर्भवती महिलाहरुको लागि बदाम खानु फाइदाकारी हुन्छ । यसले गर्भमा बढीरहेको बच्चाको विकासको लागि फाइदाकारी हुन्छ ।

६. तौल घटाउँछ

बदाममा फाइबरको भरपुर मात्रा हुन्छ । यो इनर्जीको राम्रो स्रोत पनि हो यसैले बदाम खाँदा खाँदा छिटै भोक लाग्दैन । त्यसैले तौल व्यवस्थापनको लागि बदाम खानुपर्छ ।

७. तनावबाट राहत

डिप्रेशनबाट बच्न र यसको उपचारमा बदामको सेवन राम्रो मानिन्छ । बदाममा टि्रपटोफान नामक एमिनोएसिड हुन्छ जसले मुड सुधार्ने हार्मोन सेरोटोनिनको स्राव बढाउँछ । यसले मुड राम्रो हुन्छ र मन शान्त हुन्छ ।

८. स्मरणशक्ति बढाउँछ

बदाममा पाइने ‘भिटामिन बि’ले दिमागी प्रक्रियालाई तीब्र बनाउँछ । स्मरणशक्ति बढाउँछ । यसको सेवनले दिमाग स्वस्थ र तेज हुन्छ ।

Comments are closed.