जाडो मौसममा बढी लाभदायी:टिमुर

टिमुर नेपालमा पाइने एक किसिमको(मसला)फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। बैज्ञानिक नाम: जान्थोजाइलम अर्मेटम संस्कृत नाम: तुम्वरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क अन्य नाम: तामाङ्गमा “प्रुमो”, नेवारीमा “टेबू” जापानी नामः किनोमे भनिन्छ |टिमुर स्वादका लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ ।जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

औषधीय गुणहरु
– आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ।
–टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ ।
–खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।
– हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।
– आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।
– आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।
– न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ ।
– गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।
– टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।
– कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।
– टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुकाहरुलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।

मात्रा: सामान्यतया वयस्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ र जराको बोक्रा १ देखि २ तोलासम्मलाई लिन सकिन्छ ।

Comments are closed.