भीम रावल एमालेबाट निष्काशित, पाण्डे र तिमल्सेना ६ महिनाका लागि पदबाट निलम्बन

नेकपा (एमाले) ले पार्टीका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।
आज बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई कारबाही गरेको हो ।पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्काशित गरिएको छ । यस्तै, नेतृद्वय पाण्डे र तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
Comments (0)
Add Comment