बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत

 भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी भएको छ ।२ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धनले १८४ सिट जितिसकेको छ भने ४५ सिटमा अग्रता कायम गरेको छ ।
भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । चुनावी परिणामसँगै महाराष्ट्रमा सत्तारुढ गठबन्धनले निरन्तरता पाउने भएको छ ।झारखण्डमा जेएमएमसहितको गठबन्धन विजयी भएको छ । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा २ लोकसभा र ४६ विधानसभा सिटका लागि उपनिर्वाचन भएको हो ।एजेन्सी ।