नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुस्तक, चित्रकला प्रदर्शनी र पुस्तक लोकार्पण

काठमाडौँ, पुस । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। प्रतिष्ठानद्वारा शनिबार ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा आयोजित प्रदर्शनीको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले कलाकार गणेश जीसीको ‘अरनिको एसिया : एक प्रस्तावना’ शीर्षकको पुस्तक लोकार्पण गर्नुभयो। कार्यक्रममा पुस्तकका लेखक जीसीले ऐतिहासिक कालमै नेपाललाई कलाको पेगोडा शैलीमार्फत चिनाउने कलाकार अरनिको नेपालका मात्र विभूति नभई एसियाकै एक गौरवमय सम्पदा भएको बताउनुभयो । उहाँको सन्दर्भमा बढीभन्दा बढी खोज, अनुसन्धान तथा पुस्तक लेखिनुपर्छ भनेर पुस्तक तयार गरेको जानकारी उहाँले दिनुभयो।

प्रदर्शनीमा किरण गुरुङ, पुष्प आलेमगर, सुनिल पाण्डे, पकबहादुर थापा, उद्धव रिमाल, हरिओम मेहतालगायतका कलाकारका चित्र र प्रतिष्ठानका विविध विभागमार्फत विगत चार वर्षमा प्रकाशित कलासम्बन्धी विभिन्न पुस्तक प्रदर्शनी आयोजना गरिएको छ।

Comments are closed.