Trending Now

गुरुप्रसाद मैनाली विशेषांक पुस्तक विमोचन

नेपाली आधुनिक कथाका प्रणेता कथाकार गुरुप्रसाद मैनालीको १२२ औ जन्मजयन्तीका उलक्ष्यमा उनका कथा तथा नियात्राका विषयमा खोज अनुसन्धान गरिएको आलेख मासिकको गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण सम्पन्न भयो ।
आलेख मासिक एवम् भैरव स्मृति पुस्तकालयको आयोजनामा वरिष्ठ समालोचक एवम् निबन्धकार गोपी मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा वरिष्ठ समालोचक एवम् वरिष्ठ कथाकार युवराज मैनाली, वरिष्ठ कथाकार पुस्कर लोहनी, वरिष्ठ समालोचक प्रा.डा कृष्णप्रसाद दाहाल, वरिष्ठ व्यंग्यकार नरेन्द्रराज पौडेल, वरिष्ठ कवि कलानिधि दाहाल, वरिष्ठ साहित्यकारहरू राधेश्याम लेकाली, जय छाङ्छा राई, हरिभक्त सिग्देल महेश, आलेख मासिकका सम्पादक कथाकार अच्युत घिमिरे र कथाकार मैनालीका नातेदारहरूले कथाकार मैनालीका विषयमा प्रकाश पार्नु भएको थियो ।

 

Comments are closed.