संस्मरणात्मक कृति “भूपि”को लोकार्पण

काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति“भूपि” सार्वजनिक गरिएको छ । उक्त कृतिका लेखक भूपिकी आफ्नै छोरी कविता शेरचन हुन् । केही बर्ष अघिदेखि कविता लेखन र साहित्यिक गतिबिधिमा देखा परेकी उनी केही समयको अन्तराल पछि आफ्नै पिताबारे कृति लिएर आएकी छिन् ।

साहित्यकार अभि सुवेदी, डा. तीर्थबहादुर श्रेष्ठ, भूपिकी पत्नी कान्ति शेरचन तथा लेखिका एवम भूपिकी छोरी कविता शेरचनले सामुहिक रुपमा पुस्तक लोकार्पण गरेका थिए । अङ्ग्रेजीमा प्रकाशित यस कृतिको नेपाली अनुवाद पनि प्रकाशन हुने जानकारी दिइएको थियो ।