मृतसागरको उचाइबाट र ‘किलिमन्जारो’ लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको पहिलो साहित्यिक सङ्गालो “किलिमन्जारो“ तथा कवि सिन्धु पौडेलको कविता कृति “मृत सागरको गहिराइबाट“ को संयुक्त लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यपोस्ट (इ) दैनिक तथा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास), अफ्रिका च्याप्टरद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमका दुई कृतिको लोकापर्ण गरिएको हो ।
कार्यक्रमको सभापतित्व अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व सदस्य सचिव, कवि तथा गीतकार गणेश रसिक थिए । उक्त समारोहमा अतिथिका रुपमा वरिष्ठ कवि श्रवण मुकारुङ, साहित्यकार हिक्मत थापा, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुलगायतको उपस्थिति रहेको थियो ।

साहित्यपोस्टले प्रकाशनमा ल्याएको ‘मृतसागरको उचाइबाट’ कवि पौडेलको पहिलो कविताकृति हो । ‘किलिमन्जारो’ अनेसास अफ्रिका च्याप्टरमा सक्रिय साहित्यकारहरुका विभिन्न विधाका साहित्यिक रचनाहरुको सङ्गालो हो भने अनेसास अफ्रिका च्याप्टरले नै प्रकाशनमा ल्याएको हो ।

 

Comments are closed.