‘सूचनाको हक’ पुस्तक लोकार्पण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरमा कार्यरत शाखा अधिकृत नोदनाथ त्रितालको ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ नामक पुस्तक बुधबार विमोचन भएको छ ।
नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डि. एन. पराजुलीकोे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिको रुपमा कानुन संकायका डीन, डा. कृष्ण प्रसाद बस्याल र विद्धान समिक्षकहरुका रुपमा राससका अध्यक्ष धर्मेन्द्र झा, कानुनका उपप्राध्यापक किशोर सापकोटा लगायत त्रि।वि। अन्तरगतका विभिन्न सेवा तथा समुहका प्राध्यापक वर्गहरु, प्रशासकहरु, विद्यार्थीहरु समेतको बाक्लो उपस्थिति रहेको थियो ।
समीक्षक किशोर सापकोटाले ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ नामक पुस्तकको समीक्षा गर्दै उक्त पुस्तकका लेखक त्रितालले नेपाल ल क्याम्पसमा स्नातक तह अध्ययन गर्दै गर्दाको इन्टर्नशिप रिपोर्टलाई पुस्तकको रुपमा प्रकाशन गर्नुले त्रि।वि। अन्तरगतका सम्पूर्ण सेवाहरुमा सूचनाको हकको सम्बन्धमा संस्थागत संरचनामा समेत सहायता पुग्ने कुरामा कुनै द्धिविधा नरहेको भन्नेमा आफू निर्धक्क रहेको अभिव्यक्ति दिए । राससका अध्यक्ष धर्मेन्द्र झाले लेखक त्रिताललाई सूचनाको हकको क्षेत्रमा काम गर्ने बोनाफाइड व्यक्तिको रुपमा रहेको र आफैले काम गर्ने संस्थामा रहेका बेथितिहरुलाई चिर्न व्यक्तिमा ठूलै आँट चाहिने र उक्त आँट लेखकमा रहेको भन्दै खुलेरे प्रशंसा गरे ।
त्यस्तै विशिष्ट वक्ताको रुपमा कानुन संकायका डीन डा. कृष्ण प्रसाद बस्यालले सत्यतथ्य सूचनाको उजागर गर्ने जिज्ञासु स्वाभावका लेखकको कृति लोकार्पण कार्यक्रम सभ्य तथा भव्य तवरले सम्पन्न भएको भन्दै उक्त सत्यतथ्य सूचना प्रवाह तथा प्राप्तिका लागि लेखकमा रहेको अनुसन्धानात्मक स्वभावले कानुन संकाय तथा नेपाल ल क्याम्पसका तर्फबाट गौरवान्वित रहेको बताए । यसका साथै कतिपय अवस्थामा त्रि. वि. मा सूचना प्रवाहमा संवेदनशिलताका अवस्थाहरु नरहेको भन्न पनि नमिल्ने भन्दै सूचनाको सही तथा यथोचित सदुपयोगले अर्थ राख्छ जुन कुरा लेखकले समेट्ने जमर्को गरेका छन् भन्दै लेखकलाई यस कार्यको निरन्तरता दिन सुझाए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा। डि। एन। पराजुलीले त्रिताललाई बधाई दिदैँ थप लेखनका लागि शुभकामना तथा हौसला प्रदान गरे । यसै सन्दर्भमा सूचना लुकाउने प्रवृति जहासुकै रहेको र त्रि। वि।पनि यसमा अछुतो नरहेको भन्दै नचाहिने सूचनाहरु आइरहने र चाहिने सूचना उपलब्ध हुन मुस्किल रहेको अवस्थामा यो पुस्तक महत्वपूर्ण आधार बन्न सक्ने कुरामा जोड दिए ।
उनले थपे “सूचना प्रवाहमा पदिय जिम्वेवारी निभाउन सक्नुपर्छ । कानुन अध्ययन गर्ने विद्यार्थीले आफ्नो अध्ययनका साथै व्यप्त समस्याहरुको अनुसन्धान गर्दै समाजलाई टेवा पुर्याउन सक्छन्” भन्दै त्रितालको यो पहिलो कृति बनोस् तर अन्तिम कृति नवनोस् भन्ने कुरा पुन स्मरण गराए ।
नेपाल ल क्याम्पसको सभाहलमा सम्पन्न गरिएको उक्त कार्यक्रमको संचालन नेपाल ल क्याम्पसका पुस्तकालय अधिकृत श्री विजय पोख्रेलल गरेका थिए भने कार्यक्रममा विभिन्न तह तथा क्षेत्रका लगभग ४० जना व्यक्तिहरुको उपस्थिती रहेको थियो भने लेखक त्रितालले उपस्थितीको लागि सबैलाई धन्यवाद ज्ञापन गरे ।