दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

२०७९ असार ७,

काठमाडौं । दिपा मेवाहाङ राईको पहिलो कृति कवितासंग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी संग्रहको लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा कृतिबारे साहित्यकार तथा लेखकहरु विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति राई र अर्पण उत्कर्षले विचार व्यक्त गरेका थिए ।

‘यादको सन्दुक’को समीक्षा गर्दै कवि विप्लप प्रतीकले कविताहरू प्रेमिल भएको साथै प्रेमका विविध पक्षलाई दिपाले भावमा प्रस्तुत गरेको बताए ।