गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ सार्वजनिक

 

 

२४ चैत २०७८, काठमाडौं, साहित्यिक पत्रकार संघको आयोजनामा नियात्राकार गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो आज सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम डालो रेस्टुरेन्ट अनामनगरमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रमुख वक्ता–नियात्राकार  प्रतीक ढकालले -अध्यक्ष, नियात्रा समाज नेपाल_ प्रेरणाको साहित्य यात्राको निरन्तरता र सहित्यिक योगदान  विषयमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार किशोर पहाडी, भिष्म उप्रेती, पवन आलेक, प्रधुम्न जोसी, जयदेव भट्टराई, ठाकुर बेलबासे, श्रीओम श्रेष्ठ, वसन्त श्रेष्ठ, रञ्जना निरौला

 

पारू सुवेदी लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो । जापान यात्राको कार्यक्रमलाई नियात्रा बनाइएको उक्त नियात्रा कृतिमा जापानको टोकियो सहरका विभिन्न्न स्थान र परिवेशसंग भएका जम्काभेटहरूलाई नियात्राको विषय बनाइएको छ ।