रेणुका  चौलागाईंको मुक्तकसंग्रह सार्वजनिक

 

२८ फागुन २०७८,मुक्तककार रेणुका  चौलागाईंको मुक्तक संग्रह ‘जीवनजस्तो जीवन’ सार्वजनिक भएको छ । गत शनिबार राष्ट्रिय महिला आयोगको हलमा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल लगायतका अतिथिहरूद्वारा जीवनजस्तो जीवन’ मुक्तक कृति विमोचन गरिएको हो ।

प्रा.डा.बरालले जीवनजस्तो जीवन मुक्तक कृतिले नेपाली नारी मनका यावत विषयलाई सशक्त ढंगले उठाएको मात्र नभई सिंङ्गोे धरातलको प्रतिनीधित्व गरेको उल्लेख गर्दै मुक्तकका प्रत्येक हरफको प्रसंसा गरे । जीवन दुई किसिमको हुन्छ भन्दै डा. बरालले एउटा सामान्य जीवन र अर्को सम्पन्न जीवनबीचमा द्वन्द रहेपनि जीवन जसरी व्यतित भएपनि जीवन जस्तो चाँहि बन्नु पर्ने धारण राखे । कृतिका भूमिकाकार वरिष्ठ मुक्तककार रुद्र ज्ञवालीले कृतिकारको मुक्तकप्रति कोकिल कण्ठले प्रसंसा गर्दै यो क्षेत्रमा क्रिकेटमा झै छक्का प्रहार गरेको बताए  । समालोचक ज्ञानु अधिकारीले जीवनजस्तो जीवनमा नारी मनका कुण्ठा मात्र हैन, हुँकार समेत रहेको दाबी गरेकि थिइन । साहित्य समालोचक चुडाप्रसाद चौलागाईले मुक्तकको शिर्षकको चर्चा गर्दै जीवन–जीवन जस्तो बन्नु पर्छ नत्र जीवन भन्न कहाँ पाईन्छ र भन्दै आफूले पढाएका विद्यार्थीमा यत्तिको क्षमता रहेको देख्दा आफ्नो सम्पत्ति बढे जस्तो महसुुस गरेको बताए  नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा समारेहका सभापति रामकाजी कोनेले अहिले नेपाली साहित्यमा मुक्तकको बहार आएको बताउँदै कृतिकारकारलाई शुभकामनादिएका थिए । प्रतिष्ठानका महासचिव रमेश पौडेलले समकालीन नेपाली साहित्यमा नारी हस्ताक्षरको विश्वव्यापी रूपमै दर्विलो उपस्थिति रहेको जिकिर गरेका थिए  ।