गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

काठमाडौँ, २६ फागुन, २०७८मा  साहित्यकार गीता रेग्मी र दीपक अर्यालद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह सार्वजनिक गरिएको छ । रेग्मीद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र अर्यालद्वारा लिखित ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह बिहीबार एक समारोहमा नियात्रा समाज नेपालका अध्यक्ष एवं वरिष्ठ नियात्राकार प्रतिक ढकालले सार्वजनिक गरेका हुन् ।

 

कृति विमोचनपश्चात् आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले यात्रा निरन्तर जारी रहने भन्दै यात्रा गर्नेले कहिल्यै हार्न नपर्ने बताए । ‘यात्रा गर्नेले कहिल्यै हार्दैन, श्रष्टा कहिल्यै मर्दैन,’ उनले भने । विश्वलाई जोड्ने काम नियात्राकारले गर्दै आएको बताउँदै उनले नियात्राकारले स्वदेशका विभिन्न ठाउँको बारेमा पुस्तकमार्फत विश्वका विभिन्न भागमा पु¥याउन सके नेपालको पर्यटन क्षेत्रले समेत गति लिने बताए ।

 

दुवै स्रष्टाका कृतिमाथि कार्यक्रममा टिप्पणी समेत गरिएको थियो । ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रहमाथि पद्मकन्या बहुमुखी क्याम्पसकी उपप्राध्यापक एवम् समालोचक अनुपमा रेग्मीले टिप्पणी गर्दै भनिन्, ‘घुम्न जाने व्यक्ति धेरै हुन्छन्, तर घुमेको कुरा लेख्ने व्यक्ति थोरै हुन्छन्, त्यही कम व्यक्तिमध्येमा अर्याल पर्नुहुन्छ । उहाँको यो कृतिले नेपाली नियात्रा विधामा नयाँ इटा थपिएको छ ।’