अमृत दोर्जेको आत्मकथा ‘पर्खाई‘ सार्वजनिक

काठमाडौंमा गरिएको एक कार्यक्रममा अमृत दोर्जेको आत्मकथा ’पर्खाइ’ सार्वजनिक भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उक्त पुसतक सार्वजनिक गरेका हुन् । नेता पोख्रेलले पुस्तकमा दोर्जेको संघर्ष र सफलताको कथा समेटिएको औंल्याउँदै उक्त कथाले नयाँ पुस्तालाई उत्प्रेरणा दिलाउने कुरा व्यक्त गरे ।
लोकार्पण मै महिला नेता राधिका शाक्यले दोर्जेको दुःख र संघर्षका कथाबाट समाजले पाठ सिक्नुपर्ने बताइन् । साहित्यकार स्नेह साय्मिले आममान्छेले भोग्ने दुःख, पीडा र संघर्षको कथा पुस्तकमा समेटिएको बताए । बुढानीलकण्ठ नगरपालिका उप–मेयर तथा लेखककी छोरी अनिता लामाले पुरानो पुस्ताको अनुभव र समयलाई लिपिबद्ध गर्ने उदेश्यका साथ पुस्तक प्रकाशन गरिएको बताइन ।
काभ्रेको तेमाल गाउँबाट पााच दशकअघि काठमाडौं पसेका दोर्जेले बसाइँसराइदेखि उतिबेलाको काठमाडौंको अवस्था, श्रमिकहरुको कथा व्यथा, पेशागत संघर्ष र ट्रेड युनियन राजनीतिसम्मलाई पुस्तकमा समेटेका छन् ।

 

Comments are closed.