हेमराज सापकोटाको बारेमा लेखिएको पुस्तक सार्वजनिक

हेमराज सापकोटाको बारेमा लेखिएको पुस्तक सार्वजनिक

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा हेमराज सापकोटाका बारेमा लेखिएको पुस्तक ‘Extra ordinary life of a district administrator: A brief biography of Hemaraj Sapkota लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिस्ट अतिथिहरु साहित्यकार महेश प्रसाई, माननीय भक्ति सिटौला, प्राडा खगेन्द्र लुईटेल, साहित्यकार राधेश्याम लेकाली, साहित्यकार लीला लुइँटेल, साहित्यकार सन्ध्या पहाडी, हेमराज सापकोटाका सुपुत्र संजीव सापकोटा, डा रेणुका सोलु, साहित्यकार सुमन वर्षालागायतको उपस्थिति रहेको थियो।
मंचासिन सपूर्ण अतिथिद्वारा पुस्तक लोकार्पण गरिएको थियो। अमेरिका निवासी संजिव सापकोटाले आफ्ना पिताका बारेमा लेखेको हो यो पुस्तक। यस पुस्तकको समीक्षा स्वयम् डा संजीव सापकोटाले गर्नु भएको थियो । हेमराज सापकोटाका बारेमा साहित्यकार महेश प्रसाईंले प्रकाश पार्नु भएको थियो ।


आफ्ना बुबा आमाको स्मृतिलाई पुस्तक बनाउनु वहाँहरू प्रति सम्मान गरेको कुरा प्रमुख अतिथि राईले व्यक्त गर्दै यस्तो उदाहरणीय काम गरेकोमा लेखकलाई धन्यावाद दिनु भएको थियो। कार्यक्रममा हेमराज सापकोटाकी धर्मपत्नी गीता सापकोटालाई सम्मान गरिएको थियो।
कार्यक्रममा राधेश्याम लेकाली लगायतका विशिस्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा साहित्यकारहरू हिरण्यकुमारी पाठक, ऋषभ देव घिमिरे, रमेश दाहाल, वसन्त थापा, शान्ति रिसाल, द्वारिका कुइकेल, आकास अधिकारि, सुचित्रा काफ्ले, इन्दिरा ढकाल, निर्मल पराजुली, राधा दुलाललगायत साहित्यकार तथा शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता राजेंद्र केसी तथा स्वागत मन्तव्य मंजिला अनिलले गर्नु भएको थियो। कार्यक्रम रन्जना निरौलाले संचालन गर्नु भएको थियो।