काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ‘प्रतिविम्बमा काली मन्दिर’ सार्वजनिक

काठमाडौं । विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ ‘प्रतिविम्बमा काली मन्दिर’ विराटनगरमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

काली मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कृति सार्वजनिक गरे । मेयर कोइरालाले सबै क्षेत्रको समुचित विकासले मात्रै विराटनगरको विकास हुने बताए ।

सार्वजनिक ग्रन्थमाथि साहित्यकार दधिराज सुवेदी र प्रा. भूषण ढुंगेलले समीक्षात्मक टिप्पणी गरे ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपाललगायतले मन्तव्य राखेका थिए । ग्रन्थमा मन्दिर स्थापनादेखि हालसम्मको अवस्था समेटिएको छ ।