बालसाहित्य सर्जक कोश प्रकाशित

नेपाल बालसाहित्य समाजले हालै “नेबासास बालसाहित्य सर्जक कोश“ प्रकाशित गरेको छ । समाजले धेरै वर्ष पहिलेदेखि नै आफ्ना सदस्यहरूको विवरण प्रकाशित गर्ने सोच बनाएर गरिएको कार्यले अहिले साकार रुप लिएको छ ।
उक्त कोशमा बालसाहित्यका सर्जकहरूको जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना, अस्थायी ठेगाना, ल्याण्डलाइन फोननम्बर, मोबाइल फोननम्बर, इमेल आईडी, प्रकाशित कृतिहरू सबै विवरण यसभित्र संगृहित छन् ।
यस भित्र वर्णानुक्रमअनुसार परिचयहरू राखिएका छन् । जसमा ’अ’का अच्युत घिमिरेबाट शुरु भएको छ भने ’ह’का होमनाथ भट्टराईमा समाप्ती भएको छ । त्यसभित्र १०० भन्दा बढी सर्जकका परिचयहरू छन् । संस्थागत सदस्यहरूको लिस्ट छ । विवरण प्राप्त नभएका सदस्यहरूको नामावली छ । दिवङ्गत सदस्यको लिस्ट छ। २७ जना त दिवङ्गत नै भइसकेका रहेछन् ।
छपाइ, कागज सबै स्तरीय क्वालिटीकोमा प्रकाशित “नेबासास बालसाहित्य सर्जक कोश“को प्रधान सम्पादकमा प्रमोद प्रधानको नाम छ।
१३६ पृष्ठको कोशको मूल्य रु ३०० राखिएको छ ।

 

Comments are closed.