अधिकारीको नियात्रा कृति ‘संयात्राको संयोग’ लोकार्पण

मकवानपुर
मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा अधिकारीको नियात्रा कृति ‘संयात्राको संयोग’ लोकार्पण गरिएको छ। यो कृति झरना साहित्य परिवार (झसाप) का संस्थापक रमेशमोहन अधिकारीको हो । झसापको ३०६औँ साहित्यिक शृङ्खलाको अवसरमा अधिकारीको सातौँ (पाँचौँ साहित्यक) पुस्तक विमोचन गरिएको थियो ।
विमोचनमा समीक्षकद्वय रजनी पौडेल र दीपक गौतमले आ-आफ्ना समीक्षकीय दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । पुस्तकका सम्बन्धमा पौडेलले भन्नुभयो- “नेपालको सुदूर पूर्व हुँदै भारतको दार्जिलिङ सिक्किमदेखि पश्चिममा कर्णाली हुँदै सुदूरपश्चिममा महाकालीपारीका चाँदनी दोधारासम्म, केही वर्षदेखि नेपालको नक्सामा थपिएको लिपुलेक मात्र नभइ दक्षिण भारतका क्षेत्र भ्रमणका क्रममा आफूले देखेका, भोगेका तथा पारिवारिक र साथीसँगीहरूसँगको भ्रमणका क्रममा प्रत्यक्षतः महसुस गरेका घटनाक्रमहरूलाई समावेश गरी पुस्तक लेख्नुभएको छ ।

समीक्षकीय टिप्पणीका क्रममा दीपक गौतमले भन्नुभयो- “युरोपको भ्रमणका यात्रावर्णन भ‌एता पनि ताना शर्माको ‘मिनाई साँघुको मेला’ देखि ‘बेलायततिर बरालिँदा’ सम्म आइपुग्दा नेपालमा ‘नियात्रा’ लेखनको आरम्भ भ‌एको पाइन्छ ।
लेखक अधिकारीले धन्यवाद मन्तव्यका क्रममा अनमोलमणिले सम्पादन गर्नुभ‌एको यो पुस्तकको पछिल्ला पृष्ठमा उहाँको भनाइ रहेको उल्लेख गर्दै समीक्षकहरूको दृष्टिकोणअनुसार आफूले कसैसँग तुलना नगरी आफूलाई लागेको विषयवस्तु र धारणा समावेश गरी पुस्तक लेखेकाे जनाउनुभयो । यस्तै उहाँले थप गर्नुभयो- “आफ्ना अघिल्ला पुस्तकभन्दा अझै परिस्कृत र रचनात्मक रहेको तथा अब बाँकी रहेका नेपालका ५ जिल्लाको भ्रमणपछि सम्पूर्ण जिल्लाहरूको बारेमा धेरथोर ज्ञान लिने ईच्छा रहेको छ ।” एकल भ्रमण गर्ने आफ्नो उमेर र शारीरिक अवस्था समेत नरहेकोले अरूका साथमा घुम्दा कतिपय विषयमाथि अध्ययन कमी हुने वा मिहिनरूपमा बुझ्न नपाइने हुनुका साथै भविष्यमा देश घुमिसकेर मात्रै नजिक नजिकका छिमेकी मुलुकहरू घुम्ने र त्यहाँका विभिन्न विषयवस्तुहरू पुस्तकाबुलबुल प्रकाशनद्वारा प्रकाशित २०३ पृष्ठको यस पुस्तकको मूल्य ४ सय ५० राखिएको छ । आधा दर्जन साहित्यिक पत्रपत्रिकाहरू सम्पादन गर्नु भएका अधिकारीले झण्डै १ दर्जन संस्थाहरूले सम्मान तथा पुरस्कृत गरेको छ भने उहाँका सम्भावनाको सेरोफेरो (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०६३), घुम्तीहरू छेलिएपछि (संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४), गुराँस र युद्ध (कविता सङ्ग्रह, २०७५) र आफैँसँग (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०७८) पछि ‘संयात्राको संयोग’ पुस्तक प्रकाशन भएको हो ।