काठमाडौँ । उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रा.डा. विन्जु शर्माले उपन्यासको विमोचन गर्नुभयो ।
चेलीबेटी बेचबिखनको सवाललाई समावेश गरिएको उपन्यासलाई इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको हो । ‘चरीमाई’ का लेखिका पौडेलले आफ्नो उपन्यास बेचिएका हजारौँ दिदिबहिनीहरुको न्यायको लडाइँमा आफैँलाई आहुति दिने सम्पूर्ण चेलीहरूप्रति समर्पण गर्नुभयो ।
उपन्यासकार पौडेलले भन्नुभयो, “चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरूको सामूहिक स्वर हो ।” सोही अवसरमा प्राडा शर्माले ‘चरीमाई’ उपन्यास चेलीबेटी बेचबिखनविरुद्धको सशक्त उपन्यास भएको टिप्पणी गर्नुभयो ।
उपन्यासकार पौडेलले यसअघि कथा, कविता, गीत, हाइकु र मुक्तसमेत प्रकाशन गरिसक्नुभएको छ । ‘चरीमाई’ भने उहाँको पहिलो उपन्यास हो ।
Trending Now
- Review on Atomic Habits, A Book Review written by Dibya Dahal
- ‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ’
- आज नेपालले मलेसियासँग दोस्रो टी-ट्वन्टी खेल्दै
- न्यूयोर्कस्थित सडकको नामकरण तेन्जिङ शेर्पाको नामबाट
- सरकारले खारेज गरेका १८ वटा निकाय
- Increasing risk of hunger set to spread in hotspot areas as the Sudan crisis spills over into subregion and el Niño looms – warns new UN report
- प्रथम कोप चेसको उपाधि सुदीप तामाङ्गलाई
- चैत मसान्तसम्म कर तिर्नेलाई ब्याज मिनाहा
- सरकारले यी क्षेत्रमा कर छुट दियो
- बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि
Comments are closed.